Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैकिङ कसूर मुद्दाका फरार अभियुक्त ८ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसूर मुद्दाका फरार एक जनालाई ८ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका ६ का स्थायी बासिन्दा लोकमान गुरुङ रहेका छन् । गुरुङलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७१ वैशाखमा दोषी ठहर गरेको थियो ।

उच्च अदालत पाटनको फैसला अनुसार आरोपित गुरुङले ८ लाख २४ हजार बिगो तथा जरिवाना र ७ दिन कैद बस्नु पर्ने थियो

। काठमाडौं बाँसबारी बस्दैआएका २९ वर्षीय गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरी अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077