Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'ए' डिभिजन लिग : पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका (टाइसिट ड्र) सार्वजनिक भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा 'ए' डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

लिगका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेल फागुन १९ गते साँझ साढे ५ बजे सुरु हुने एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077