Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भतिजको हत्या गरेको आरोपमा काकासहित दुई जना पक्राउ

रौतहट । रौतहट प्रहरीले बालकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको माधवनारायण नगरपालिका-८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा प्रहरीले उनका काका जयराम महतो कोइरी र सञ्जय रामलाई पक्राउ गरेको हो ।

जग्गा सम्बन्धी पुरानो रिसवी र सधैंको झगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत वर्ष मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा फेला परेको थियो ।

२५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीको आरोप छ ।

उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत प्रहरीले फेला पारेको छ ।

पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कानूनी कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077