Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बालकोट पुगेका उपेन्द्रलाई ओलीले भने - सरकारमा सहभागी हुनुस्, मिलेर अगाडि बढ्औँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन्।

जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् । यादव शनिबार ओलीलाई भेट्न निवास बालकोटमा पुगेका थिए।

ओलीले जसपा अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको ओलीको सचिवालयले जानकारी दिएको छ।

यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै ओलीले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका हुन्।

जसपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सामेल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077