Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

शेखर-गगन समूहको बैठक सम्पन्न, अर्को बैठक मंगलबार बस्ने

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर शेखर–गगन समूहको बैठक पुनः बस्ने गरी सम्पन्न भएको छ ।

आज (आइतबार) काठमाडौं बत्तिसपुतलीको एक होटलमा बसेको बैठक पुनः बस्ने गरी सम्पन्न भएको हो ।

बैठकमा देशको विकसित एवं समसामयिक राजनीतिक घटनाक्रम र त्यसको अवस्थाका विषयमा छलफल भएको एक नेताले जनाकारी दिए ।

प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पाटी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको उनले बताए ।

बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका थिए ।

शेखर–गगन समूहको बैठक पुनः १० गते मंगलबार बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077