Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने – पीर गर्न पर्दैन, नेपाली कला संस्कृति मर्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरुलाई प्रदान गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरु लागेकाले कला र संस्कृति नमर्ने बताए।

उनले भने, ‘पीर गर्नु पर्दैन, कला संस्कृति मर्दैन। नेपाली कला, संस्कृति मर्दैन, पीर गर्नु पर्दैन, किनभने नेपाली जनता छन् आफ्नो कला संस्कृतिलाई मन पराउने, संरक्षण, सुरक्षा गर्ने नेपाली जनता छन्।

हामीले नेपाली संस्कृतिलाई विभिन्न ढंगले संरक्षण गर्दै, नेपाली जनजीवनको बोली कलामा उतार्ने, खाँदिन कुवाको पानी, मामुलीजस्तो सुनिन्छ, तर हाम्रो संस्कृति भनेको अहिले भर्खर मात्रै धारा आएपनि पहिला त कुवाको पानी हो।

यस गीतले हाम्रो कला, संस्कृतिलाई अमर राखेको छ। कला, संस्कृतिलाई जीवन्त ढंगले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा कलाकारहरु लाग्नुभएको छ।’

उनले नेपाली संस्कार र संस्कृतिहरु कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुशी व्यक्त गरे। उनले नेपाली कला र संस्कृतिलाई मन पराउने नेपालीहरु धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्व अपार रहेको बताए।

अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढंगले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा कलाकारहरु लागेको भन्दै खुशी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077