Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उद्योगमा जनमतको अडानपछि भण्डारी र अब्दुलको मन्त्रालय साटफेर हुँदै

काठमाडौं । नेकपा एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेरको तयारी गरिएको छ ।

जनमत पार्टीले रोजेको मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेरको तयारी गरिएको हो ।

जनमत पार्टीका मन्त्री अब्दुल खानले शपथ लिए पनि पदभार ग्रहण गरेका छैनन् ।

उद्योग वा कृषि मन्त्रालयमध्ये एउटा पाउनुपर्ने अडान लिँदै जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले खानेपानीमन्त्रीको कार्यभार सम्हालेका छैनन् ।

जनमतको अडानपछि सत्तारुढ दलका शीर्षनेताको बैठकले एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेरको तयारी गरेको स्रोतले बताएको छ ।

सातदलीय गठबन्धनको शीर्ष नेतृत्वमा भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर अब्दुललाई उद्योग वाणिज्यको जिम्मेवारी दिइने समझदारी बनेको स्रोतले बतायो । सकेसम्म आइतबार साँझै वा सोमबार बिहानसम्म मन्त्रालय साटफेर हुने बताइएको छ ।

जनमतको असन्तुष्टिका कारण राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रभाव पर्ने सम्भावनाका कारण मन्त्रालय साटफेरको तयारी गरिएको जनाईएको छ ।

भण्डारी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएका खानले भने शपथ लिएपनि पदभार ग्रहण गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077