Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यती विमान दुर्घटना : ७० शवको पोस्टमार्टम, ६० आफन्तजनलाई बुझाइयो

काठमाडौं । गएको १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये ६० जनाको शव सम्बन्धित आफन्तलाई बुझाइएको छ ।

घटनास्थलबाट उद्धार गरेका ७० शवमध्ये काठमाडौं र पोखरामा गरी ६० जनाको शव बुझाएको यती एयरलायन्सले विज्ञप्ति निकालेर जानकारी दिएको हो । यस्तै थप ४ जनाको शव पहिचान र सनाखत गरी बुझाउने प्रक्रियामा रहेको विज्ञप्तीमा उल्लेख छ ।

६ जनाको शव भने धेरै डढेका कारण फरेन्सिक विधिबाट परीक्षण गर्न असम्भव भएपछि डीएनए परीक्षणको प्रक्रिया सुरु भएको र यसको लागि केही समय लाग्ने एअरलाइन्सले जनाएको छ ।

हराइरहेका दुई जनाको खोजी कार्यलाई निरन्तरता दिएको जिल्ला प्रशासन कास्कीले जनाएको छ ।

यसअघि ७१ जनाको शव भेटिएको भनिए पनि एउटा सानो टुक्रा मानव अंगलाई शव मान्न नसकिने फरेन्सिक विज्ञको सुझाव अनुसार बाँकी दुई जनाको शव खोज्न थालेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077