Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत घुस रकमसहित पक्राउ

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत योगेन्द्र ढुंगेल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ १ लाख ५० हजार रूपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका ११ स्थित खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागको कम्पाउणबाट बाहिर निस्कने क्रममा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

निवेदकको श्रीमतिको नाममा रहेको कम्पनीबाट खानेपानी जार तथा मिनरल वाटर भरी बिक्रि वितरण गर्नका लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग ववरमहल काठमाडौंबाट अनुज्ञा पत्र लिनु पर्ने ब्यवस्था बमोजिम अनुज्ञा पत्र लिनका लागि सम्पुर्ण प्रक्रिया पुरा गरी खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागमा जाँदा ईन्जिनियर ढुङ्गेलले समयमा काम नगरी दुःख हैरानी दिएको आरोप छ ।

झापा दपक नगरपालिका-१ भाङ्वारी घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट आएका ढुंगेल आठौं तहका इन्जिनियर हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077