Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इसेवाको कर्मचारी हुँ भन्दै १६ लाख ठगी गर्ने शुभम पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले इसेवा कार्यालयको आधिकारिक कर्मचारी हुँ भनी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेकको छ ।

पक्राउ पर्नेमा धनुषाको माधव नारायण नगरपालिका-२का १९ वर्षीय शुभम साह रहेका छन् ।

उनको साथबाट प्रहरीले बाइक, मोबाइलफोन २ वटा, १० वटा सिमकार्ड, ३ वटा एटीम कार्ड बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि ठगी कसूरमा आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले ३३ जना सेवाग्राहीको वालेट आइडीमा अनधिकृत रुपमा पहुँच पुर्‍याई विभिन्‍न बैंक खातामा करिब १६ लाख १३ हजार रुपैयाँ ट्रान्सफर गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077