Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपाको शनिबारदेखि गर्ने भनिएको प्रदेश समितिको विस्तारित बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबारदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक र संगठन विस्तारका सबै कार्यक्रम स्थगित गरेको छ ।

महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले उक्त कार्यक्रमहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रेस विज्ञप्ति जारी गर्दै बताएका हुन्।

सर्वोच्च अदालतले पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेको संसद पद बदर गरेसँगै पार्टीले उक्त निर्णय गरेको हो । शुक्रबार संवैधानिक इजलासले रविको सांसद पद कायम नरहने फैसला गरेको थियो ।

योसँगै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्। अदालतबाटै पदमुक्त भइसकेको अवस्थामा लामिछानेले राजीनामा बुझाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077