Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कांग्रेस उपसभापति गुरुङ भन्छन् - जनप्रतिनिधिले गफ हैन, काम गरेर देखाउनुस्

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका छन् ।

गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट विजयी भएसँगै मतदातालाई धन्यवाद दिनेक्रममा आज वालिङ ८ बिपी चोकमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले कामबाट प्रमाणित गर्नुपर्ने जिम्मेवारी आँफूमाझ रहेको बताए ।

“जनता धेरै सचेत हुनुहुन्छ, धेरै बुझ्नुभएको छ, नेताले गफ बढी गर्छन् काम गर्दैनन् भन्ने बुझाइ छ”,उनले भने, “यो पाँच वर्षमा देखिने गरी काम गर्नुपर्छ, काम देखेमात्र जनताले विश्वास गर्नुहुन्छ, नत्र यी पनि उस्तै हुन् पक्कै भन्नुहुनेछ ।”

स्याङ्जा–२ का जनताले निर्वाचनका बेला अमूल्य मत दिएर आफूलाई विजयी गराएकाले पनि यहाँको विकास निर्माण तथा जनताको जीवनस्तर परिवर्तन गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077