Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

लामिछाने आज जिल्ला प्रशासन कार्यालय गएर नेपाली नागरिकता लिने तयारी गरेका छन् ।

नागरिकता प्राप्त गरेपछि दिउँसो केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्ने तयारी गरिएको एक केन्द्रीय सदस्यले बताए ।

पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताईएको छ ।

रास्वपाले आफ्नो भागमा पाएको गृह मन्त्रालय नछाड्ने बुझिएको छ । पार्टीभित्र गृहमन्त्रीमा अर्को कुनै व्यक्ति तोक्न सक्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077