Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजधानीमै नक्कली मदिराको कारोबार, ललितपुरबाट तीन जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।

सो कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ । नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ ।

कारखानाबाट नक्कली मदिराहरू र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खाली बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामाग्रीहरू बरामद गरिएको छ ।

प्रहरीका अनुसार सानासहित विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरि ओली, मनोज खत्री, गौरब तामाङ, गोपिकृष्ण श्रेष्ठ समेतले जस्ताको टहरा भाडामा लिएर नक्कली मदिरा बनाएर कालोबजारी गरेको खुलेको छ ।

नक्कली मदिरालाई स्टोरहरुमार्फत प्रचलित दरभाउ भन्दा कम मूल्यमा बेच्ने गरेको खुलेको प्रहरीको भनाइ छ । स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन उक्त नक्कली मदिराहरु बनाउने तथा कालोबजारी गर्ने कसुरमा विनोद कार्की, गोपाल पुन मगर र गौरव तामाङ फरार भएपनि अन्य प्रतिवादीहरु भने पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र रस्लान् भोड्का १३२ बोतल बरामद गरेको छ । यस्तै प्रहरीले डबल ब्ल्याक, लेड लेबलसहितका विभिन्न बोतलहरु पनि बरामद गरेको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077