Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त

काठमाडौं । अनन्त राज थापा नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अनन्तलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।

आगामी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले अनन्तलाई महिला टिम हेर्ने जिम्मेवारी दिएको हो ।

यस्तै भारतसँगको मैत्रीपूर्ण खेलका लागि सहायक प्रशिक्षकमा गंगा गुरूङ, गोलकिपिङ प्रशिक्षकमा शुरज कुमार लामा नियुक्त भएका छन् ।

मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077