Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यू-२० महिला टोलीको बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-२० राष्ट्रिय महिला फुटबल टिमलाई बिदाइ गरेको छ ।

एन्फाले मंगलबार बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपाल र आयोजक बंगलादेशसति भारत र भुटानसहित चार टिमको सहभागिता हुनेछ ।

नेपालले पहिलो खेल घरेलु टोली बंगलादेशबीचसँग फेब्रुअरी ३ मा खेल्नेछ । यस्तै नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ ।

नेपाली टोली -

गोलकिपर: कविता विक, सावित्री किशन, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077