Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बैंकको ऋणले थिचिएका किसानलाई सरकारले झुलायो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानको समस्या सम्बोधन गर्न सरकार मौन रहेको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद् थापाले यस्तो बताएका हुन् ।

थापाले भने, ‘सयौंको संख्यामा साना किसान कृषि मन्त्रालय पुगेका छन्। सानासाना किसानले बैंकबाट ऋण ल्याए। सरकारकै निर्णयबाट वर्डफ्लुले कुखुरा नष्ट भयो। नियमअनुसार उनीहरूले ५८ करोड क्षतिपुर्ति दिनुपर्ने अहिलेसम्म दिएको छैन।’

सरकारले पीडितलाई पैसा दिन्छु भन्दै आए पनि झुलाउने गरेको बताए।

उनले भने, ‘सरकार दिन्न भन्दैन, सरकार झुलाउँछ । बैंकले उनीहरूलाई अठ्याउँछ। बैंकको ऋणले थिचिएका साना किसानहरूले कुनै अप्रिय निर्णय नगर्दा सम्म कुर्ने हो ? यस्तो निर्णय नहोस भनेर सरकारले दिनुपर्ने रकम दिनुपर्ने हो की?’

थापाले साना किसानहरूलाई बैंकले अठ्याउँदा पनि सरकार टुलुटुलु हेरेर बसेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077