Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

रास्वपाले दिउँसो तीन बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बोलाएको हो ।

आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ। नेपाली नागरिकता प्रमाणपत्र नभएपछि १३ माघमा सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरेको थियो।

सांसद पद खारेजीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद्‍मा उपप्रधान एवम् गृहमन्त्री रहेका रविको सबै जिम्मेवारीबाट हटेका थिए। १५ माघमा नेपाली नागरिकता पुनप्राप्ति गरेपछि रविले आफूलाई गृहमै जिम्मेवारी दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

तर, सर्वोच्चको फैसलाको पूर्णपाठ नआएको, रविको दोहोरो राहदानी राखेर दुरुपयोग गरेको मुद्दाको अन्तिम किनारा नलागेकोले रविलाई कुनै हालतमा फेरि मन्त्रालयमा नल्याउन प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट दबाब छ।

केहीबेरअघि रास्वपा सभापति लामिछाने आफू अब मौन नबस्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन्।

[insert page='195759' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077