Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

बैठक केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको हो ।

बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ ।

नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरुलाई नै दिनुपर्ने बताएका छन् ।

सभापति रवि लामिछानेले आफूलाई गृहमन्त्री बनाउन पटक-पटक आग्रह गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तयार नभएपछि पार्टीको आकस्मिक बैठक बसेको हो ।

बिहीवार बिहान पनि करीब १ घण्टा प्रधानमन्त्रीलाई भेटेका रविले गृहमन्त्री नबनाए सरकार छाड्ने आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । लगत्तै रविले आफ्नो मौनता आजसम्मका लागि मात्र भएको भन्दै फेसबूकमा स्टाटस लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077