Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैकिङ कसुर मुद्धामा १ करोड बढी जरिवाना तोकिएका माझी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका घर भई हाल काठमाडौं महानगरपलिका ३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझी रहेका छन् ।

माझीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँबानेश्चरबाट पक्राउ गरेको हो । माझीलाई उच्च अदालत पाटनले २८ भदौ २०७९ मा बैंकिङ कसुरको मुद्दामा दोषी ठहर गरेको थियो।

अदालतले माझीबाट १ करोड १९ लाख ७३ हजार ६०० रुपैयाँ बिगो असुल गर्न आदेश जारी गरेको थियो।

अदालतको आदेशपछि पनि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका माझीलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077