Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सत्ता साझेदार दलका नेतालाई रविले भने - सरकारबाट हामी आजै बाहिरिन्छौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार छाड्ने सत्तारुढ दलका नेताहरुलाई जानकारी गराएका छन् ।

पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक बस्नुअघि लामिछानेले सत्तारुढ दलका नेताहरुलाई यस्तो जानकारी गराएका हुन् ।

लामिछानेले आफ्नो पार्टी सरकारबाट आजै बाहिरिने भन्दै राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई पनि जानकारी गराएका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफूलाई रविले फोन गरेको र सरकारबाट आजै बाहिरिने बताएको जानकारी गराएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077