Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गत निर्वाचनको खर्च ६ अर्ब ५० करोड, सरकारलाई ३ अर्ब फिर्ता पठाउने आयोगको तयारी

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ६ अर्ब ५० करोड रकम खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

शुक्रबार आयोगमा आयोजित कार्यक्रममा निर्वाचन खर्चबारे जानकारी गराइएको हो। आयोगको प्रारम्भिक अनुमानमा उक्त रकम खर्च भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताए।

हालसम्म भएको खर्चमा आयोगतर्फ १ अर्ब ३३ करोड ९७ लाख रहेको छ। यस्तै, जिल्ला निर्वाचन कार्यालयतर्फ ४४ करोड ९० लाख, १६५ वटा निर्वाचन कार्यालयतर्फ ४ अर्ब ५९ करोड ८४ लाख र अन्य मन्त्रालयतर्फ ११ करोड ७५ लाख रहेको आयोगले जनाएको छ।

उनले चुनावका लागि सरकारसँग १० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेर मागेकोमा अब हुने राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सकेर सरकारलाई ३ अर्ब रूपैयाँ फिर्ता गर्ने तयारीमा रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077