Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सांसद बन्न प्रहरी रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था ल्याउँदै आयोग

काठमाडौं । जनप्रतिनिधिहरूले उम्मेदवार बन्न प्रहरी रिपोर्ट पेस गर्नुपर्ने कानुनी व्यवस्था ल्याउने तयारी भएको छ।

निर्वाचित भएर पनि कानुनी उल्झनका कारण जनप्रतिनिधिहरूको काम प्रभावित भएको भन्दै निर्वाचन आयोगले यस्तो व्यवस्था ल्याउन लागेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसम्बन्धी ऐनमा प्रहरी रिपोर्ट अनिवार्य गर्ने व्यवस्था ल्याउन लागेको बताए।

यससम्बन्धी मस्यौदामाथि आन्तरिक रूपमा छलफल भइरहेको र मस्यौदालाई अन्तिम रूप दिएर संसदमा लैजाने आयुक्त थपलियाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077