Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • सत्ता साझेदार दलहरुबीच ब्यापक विवाद देखियो : रमेश लेखक

    सत्ता साझेदार दलहरुबीच ब्यापक विवाद देखियो : रमेश लेखक

    'हामी सुक्ष्म ढंगले हेरिरहेका छौं'

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 756
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री प्रकरणमात्र नभएर सरकारमा सहभागी दलहरुबीच सैद्धान्तिक विषयमै व्यापक विवाद देखिएको बताएका छन् ।

    उनले अहिलेको सत्ता साझेदार दलहरुबीच सैद्धान्तिक र वैचारिक विषयमा व्यापक विवाद देखिएको टिप्पणी गरेकोका हुन् ।



    लेखकले गृहमन्त्रीको बारेमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक रूपमा विवाद देखिएको र यो विषय संसद्मा पनि विषय उठेको बताए ।



    कांग्रेस सभापति देउवासहित माधव कुमार नेपाल र महन्थ ठाकुरबीच भएको छलफलमा पनि सत्ता साझेदार दलहरुबीच बढिरहेको दूरीका सन्दर्भमा छलफल भएको थियो ।

    पूरानै गठबन्धन व्युँताउन सकिने बारेमा नेताहरु छलफलमा छन् । बैठकपछि नेकपा एसका अध्यक्ष माधव नेपालले गृहमन्त्री रवि लामिछाने नै फर्किन चाहेको र प्रधानमन्त्री दबाबमा परेकोबारे अहिले आफूले केही बोल्दा विग्रने भन्दै पर्खिएर हेर्न ठिक हुने बताए । अर्का नेता महन्थ ठाकुरले भने कानून बमोजिम हुनुपर्ने टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार