Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपा बैठक बसुन्धारामा जारी, प्रधानमन्त्रीको नयाँ प्रस्तावमा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा साढे ८ बजेदेखि जारी छ ।

शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालसँग रास्वपाका सभापति रवि लामिछानेको भेटमा प्रधानमन्त्री दाहालले रास्वपालाई गृह मन्त्रालयको सट्टामा भौतिक पूर्वाधार मन्त्रालय दिने प्रस्ताव गरेपछि सभापति लामिछानेले पार्टीको बैठक डाकेका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको नयाँ प्रस्तावबारे छलफल हुँदैछ । प्रधानमन्त्रीको नयाँ प्रस्तावमाथि रास्वपाको यही बैठकले छलफल गरी एउटा निष्कर्षमा पुग्ने बताइएको छ ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गर्दै आएको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077