Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज माघ २२ गते आइतवार, यस्तो छ तपाईंको राशिफल

    आज माघ २२ गते आइतवार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 468
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७९ साल माघ २२ गते आइतवारको राशिफल ।

    मेष



    जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।



    मिथुन

    यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

    सिंह

    आज मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । पारिवारिक जमघट र सद्भाव बढ्ने देखिन्छ ।

    तुला

    आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

    धनु

    भाग्यले साथ दिए पनि मनमा शंका तथा डरका कारण काममा दुबिधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा नरमाइलोपन आउन सक्छ ।

    कुम्भ

    सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ, तर यात्राबाट टाढै रहनु राम्रो ।

    बृष

    आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।

    कर्कट

    आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधि मार्फत काम अघि बढ्न सक्छ ।

    कन्या

    आज कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक र राजनैतिक क्षेत्रमा विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

    बृश्चिक

    आज मनमा प्रसन्नता छाउनेछ । महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    मकर

    आज आस्था र पराक्रममा वृद्धि हुनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    मीन

    बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार