Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारमा रहने या बाहिरिने भन्ने निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दैछ ।

शनिबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो । नेता विराजभक्त श्रेष्ठले आज बिहान साढे ११ बजे बैठक बस्ने जानकारी दिए ।

रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपछि हिजो काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।

हिजोको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा गठबन्धनको अवस्थाको विषयमा छलफल भएको थियो । आजको बैठकले सरकारमा रहीरहने वा छाड्ने विषयमा निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077