Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केपी ओलीले भने – सत्तामा जान नपाउँदा कांग्रेस छट्पटाइरहेको छ

    केपी ओलीले भने – सत्तामा जान नपाउँदा कांग्रेस छट्पटाइरहेको छ

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 408
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पानीबाहिरको माछा जस्तै छटपटाएको टिप्पणी गरेका छन् ।

    आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले भने, ‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छटपटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ ।सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ।’



    कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको ओलीको भनाई छ । पुस १० मा आफ्नो पहलमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेदेखि कांग्रेसमा छटपटी भएको बताए ।

    उनले कांग्रेस संसदमा खेलेको भूमिकालाई विचित्रको संज्ञा दिए। पुस २६ मा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र एमाले उम्मेदवारहरुविरुद्ध उम्मेदवार उठाएको प्रसंग जोडेर उनले यस्तो बताएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार