Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कांग्रेस उपसभापति गुरुङ भन्छन् –गफ नगरौँ, इमान्दार भएर काम गरौँ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुक भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताए ।

‘नेताहरु गफ मात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छौं तर त्यसलाई प्रमाणित गरेर देखाउन सक्दैनौँ । देश उधोगतिमा अग्रसर छ’, उनले भने, ‘देश बनाउन कर्मशील र इमान्दार नेताको आवश्क छ ।’

संसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077