Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली बोलिरहँदा खतिवडाको नियमापत्ति, भने – बार्दलीको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस्

    ओली बोलिरहँदा खतिवडाको नियमापत्ति, भने – बार्दलीको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस्

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 519
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् ।

    ओली बोलिरहेका बेला नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति गरेका हुन् ।



    उनले ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए ।



    खतिवडाले भने,’सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो, यो संसद् चलिरहेको छ,

    चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको रूप, अनुहार र कागज हामीले देख्न पाएका छैनौँ । कुनै बार्दलीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस्।’

    ओलीले कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाऊँ भनेर सदन अवरुद्ध गरेको भन्दै नियमापत्ति अनौठो नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार