Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उमेश श्रेष्ठले भने - रविको उम्मेदवारी गन्ती हुँदैन, निर्वाचित भएको घोषणा गरियोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने बताएका छन् ।

आइतबार निर्वाचन आयोगको कार्यालयमा पुगेर निवेदन दिएका श्रेष्ठले पत्रकार सम्मेलन गर्दै कानुनी रुपमा आफूलाई निर्वाचित घोषणा गर्नुपर्ने तर्क गरेका हुन् ।

नेता श्रेष्ठले चितवन क्षेत्र नम्बर–२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

चितवन–२ बाट प्रतिनिधिसभाको उमेदवार रहेका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।

लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाएका थिए । निर्वाचनमा दोस्रो भएकाले आफूलाई स्वतः विजेता घोषणा गर्नुपर्ने श्रेष्ठको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077