Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुन्डीको साढे ७८ लाख रुपैयाँसहित दुई कारोबारी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साढे ७८ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका९९ घर भई हाल विजुली बजार बस्‍ने २३ वर्षीय किशोर चौधरी र कैलालीको गोदावरी नगरपालिका९१० घर भई हाल विजुलीबजार १० बस्‍ने ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ल रहेका छन् ।

उनीहरुलाईकाठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौं न्‍यूरोड एरियाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमध्‍ये दिपेन्द्र मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले विगत ४ महिनादेखि न्‍युरोड क्षेत्रमा विभिन्न व्‍यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंकमा डिपोजिट गर्दै आएको रहस्य खुलेको छ ।

उनीहरुले दैनिक एक करोड बढीको रकम कारोबार गर्ने गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता अधिकारी प्रहरी उपरिक्षक एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

उनीहरुको साथबाट प्रहरीले नेपाली नगद ७८ लाख ५० हजार, ४ लाखको चेक एक थान र संकलित रकम व्‍यवस्थापन गरेको भौचर तथा कारोबार विवरणहरु भएको मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077