Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टोटेनहमसँग म्यानचेस्टर सिटी पराजित

एजेन्सी । ह्यारी केनको निर्णायक तथा कीर्तिमानी गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमको जितमा ह्यारी केन नायक सावित भए । सिटीलाई पराजित गर्ने क्रममा केन टोेटनहमको सर्वकालिन कीर्तिमानी खेलाडी बने । जितसँगै पाँचौं स्थानमा रहेको टोटेनहमको २२ खेलबाट ३९ अंक भएको छ।

हारसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी कम गर्ने मौका गुमायो। सिटीको २१ खेलबाट ४५ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077