Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेभिल्लामाथि बार्सिलोनाको जित, ८ अंकको अग्रता

एजेन्सी । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले ८ अंकको अग्रता बनाएको छ ।

गएराती लिग अन्तर्गत सेभियामाथि ३–० को सहज जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग अंक दूरी बढाएको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जिताउन जोर्डी अल्बा, गाभी र राफिन्हालेले गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सबै गोल सम्भव भएको हो । यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक दूरी ८ बनाएको छ ।

बार्सिलोनाको २० खेलमा ५३ अंक छ। दोस्रो स्थानको रियलको समान खेलमा ४५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077