Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेसबुकमा साथीको नक्कली अकाउन्ट खोलेर ठगी गर्ने स्वस्तिका पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साथीको फेक आईडी बनाएर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ

। पक्राउ पर्नेमा सुनसरीको रामधुनी गाँउपालिका ४ घर भई हाल काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया स्वस्तिका श्रेष्ठ रहेकी छन् ।

अष्ट्रेलियामा बस्ने केटी साथीको नाममा फेसबुक आइडी बनाएर युनिसाले केटा साथी बनाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

विभिन्न बहाना बनाएर उनले आफ्नो बैंक खाता तथा वालेटहरुमा पैसा पठाउन लगाएर सम्पर्क विहीन हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आरोपीलाई थप अनुसन्धान र कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले साइबर ब्युरोमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077