Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्लोभाकिया पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने मधु माया प्रहरी फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्लोभाकिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाँउपालिका-९ घर भई काठमाडौं-४ सुकेधारा बस्ने ३९ वर्षिय मधु माया थापा रहेकी छन् ।

उनले विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारको लागि स्लोभाकिया पठाईदिन्छु भनि विश्वास दिलाई ८ लाख ५० हजार रूपैयाँसमेत लिएकी थिईन ।

पक्राउ परेकी ओलीले मासिक १लाख ५० हजार सम्म तलव हुने भन्दै पटकपटक आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई सम्पर्क विहीन भएर ठगी गरेको पीडितहरुको उजुरीको आधारमा थापालाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई काठमाडौंको सुकेधाराबाट पक्राउ गरीएको हो । पक्राउ परेका लुहारलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077