Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रास्वपालाई कांग्रेस महामन्त्री थापाको प्रश्न - सरकार किन छाड्यौ भनेर सोध्नै नहुने हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को बहिर्गमनको औचित्यबारे प्रश्न उठाएका छन् ।

लोकतन्त्र संवाद केन्द्रले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दैमहामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले रास्वपा सरकारमा जानु र बाहिरिनुको औचित्य पुष्टि गर्न नसकेको बताए ।

महामन्त्री थापाले भने, ‘सरकारमा जाँदा पनि किन गयौ भन्न नमिल्ने अनि छाड्दा पनि किन छाड्यौ भनेर सोध्नै नहुने हो ? प्रेसले हामीलाई क्वेस्चन सोध्ने ? भनेर हामीले प्रतिशोधपूर्ण रुपमा हेर्न थाल्यौं भने प्रेस र राजनीतिकर्मीका डाइनामिक सम्बन्धहरू बिग्रन्छ । प्रेस स्वतन्त्रता हाम्रा लागि महत्त्वपूर्ण छ ।’

रास्वपा सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्दै पत्रकारिता क्षेत्रका विषयमा दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए ।

थापाले नेकपा एमालेले राष्ट्रपतिमा अघि सार्ने उम्मेदवारलाई हराएरै छाड्ने दाबी समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077