Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

दैलेख । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ ।

दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा अध्यक्ष गुरुङको शुक्रबार बिहान मृत्यु भएको अस्पतालको भनाइ छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी कर्णालीका सबैभन्दा जेठा पालिका अध्यक्षसमेत हुन्। स्रोतका अनुसार  अध्यक्ष गुरूङ लामो समयदेखि उच्च रक्तचाप र मुटुका बिरामी थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077