Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

    दैलेखको महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 1.3K
    SHARES

    दैलेख । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ ।

    दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा अध्यक्ष गुरुङको शुक्रबार बिहान मृत्यु भएको अस्पतालको भनाइ छ ।



    गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

    उनी कर्णालीका सबैभन्दा जेठा पालिका अध्यक्षसमेत हुन्। स्रोतका अनुसार  अध्यक्ष गुरूङ लामो समयदेखि उच्च रक्तचाप र मुटुका बिरामी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार