Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला टिमको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त

काठमाडौं । पारस चौधरी नेपाली राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पारसलाई महिला टिमको सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।

आगामी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले चौधरीलाई महिला टिमको सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि यसअघि नै अनन्तराज थापालाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिसकेको छ ।

नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077