Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जब एमाले अध्यक्ष ओलीले दिए महन्थलाई ‘लिफ्ट’…

    जब एमाले अध्यक्ष ओलीले दिए महन्थलाई ‘लिफ्ट’…

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 792
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई संसदबाट निस्केपछि आफ्नो गाडीमा चढाएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको संवोधन सकिए लगत्तै संसदबाट बाहिरिएका ओलीले ठाकुरलाई आफ्नो गाडीमा चढाएर निस्केका हुन् ।



    संसद भवनबाट बाहिरिने क्रममा मुख्यद्वारमा एमाले अध्यक्ष ओलीको पछाडि थिए लोसपा अध्यक्ष ठाकुर ।



    ओलीले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरलाई आदरभावका साथ आफ्नो गाडीभित्र बस्न इसारा गरे । ठाकुरलाई चढाएपछिमात्र ओली गाडीभित्र पसे ।

    कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा रहेका ठाकुरलाई ओलीले आफ्नै गाडीमा आदरपूर्वक राखेर बालकोट लगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार