Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महिला टी-२० विश्वकप : दक्षिण अफ्रिकामाथि श्रीलंकाको रोमाञ्चक जित

एजेन्सी । शुक्रबारबाट सुरु भएको महिला टी-२० विश्वकपमा आयोजक दक्षिण अफ्रिका श्रीलंकासँग पराजित भएको छ। समूह ए अन्तर्गत केप टाउनमा भएको खेलमा श्रीलंकाले ३ रनको रोमाञ्चक जित निकाल्यो।

टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो। उसका लागि कप्तान चमारी अथापथुले सर्वाधिक ६८ रन बनाउँदा भिस्मी गुर्णारत्नेले ३५ रन बनाएकी थिइन्।

दक्षिण अफ्रिकाका सबनीमा इस्माली, मरिजानी कप्प र नदिनी डी क्लेर्कले समान १-१ विकेट लिएका थिए। १२९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमा समेटियो। उसका लागि कप्तान सुने लुसको २८ रन सर्वाधिक रह्यो।

त्यस्तै, लौरा वलभार्डको १८ रन रहँदा सिनलो जफ्ताले १५ रन बनाएकी थिइन्। त्यस्तै, तजमिन बृटिसले १२ रन बनाउँदा मरिजानी कप्पले ११ र चोले ट्रायोनले १० रन बनाएकी थिइन्।

श्रीलंकाका लागि इनोसका रनावेराले ३ विकेट लिँदा ओसाडी रनसिङ्हे र सुगन्डिका कुमारीले समान २-२ वेकट लिएका थिए। समूह ए मा श्रीलंका, दक्षिण अफ्रिकासहित अस्ट्रेलिया, बंगलादेश र न्युजिल्यान्ड रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077