Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शीर्षस्थानको आर्सनल बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल र ब्रेन्टफोर्डले बराबर १–१ गोल गरेका हुन् ।

घरेलु मैदानमा आर्सनलका तर्फबाट लिन्द्रो ट्रोसार्डले गोल गरे । यस्तै ब्रेन्टफोर्डको तर्फबाट इभान टोनीले गोल गरे । यस बराबरीसँगै आर्सनलले २१ खेलमा ५१ अङ्क जोडेको छ । आर्सनल शीर्ष स्थानमा यथावत् छ ।

गएराति नै भएको अर्को खेलमा चेल्सी पनि बराबरीमा रोकिएको छ । चेल्सीलाई वेष्ट ह्याम युनाइटेडले १–१ गोलको बराबरीमा रोकेको हो ।

यस्तै ब्राइटन र क्रिस्टल प्यालेसले पनि १–१ गोलको बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077