Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै

    महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 519
    SHARES

    काठमाडौं । आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा आज आईतबार दुई खेल हुदैछ ।

    दक्षिण अफ्रिकामा जारी यस संस्करणको विश्वकपमा आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुदैछ ।



    पहिलो खेल समूह ‘बी’ मा रहेका पाकिस्तान र भारतबीच हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेबाट सुरू हुनेछ ।



    दोस्रो खेल समूह ‘ए’ मा रहेका श्रीलंका र बंगलादेशबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति पौने ११ बजेबाट सुरू हुनेछ ।

    दुवै खेल केपटाउनमा हुनेछ । शनिबार भएका खेलमा साविक विजेता अष्ट्रेलिया र इंग्ल्यान्ड विजयी भएका छन् ।

    अष्ट्रेलियाले न्युजिल्यान्डलाई ९७ रन तथा इंग्ल्यान्डले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेका हुन् ।

    यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार