Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • चालु आर्थिक वर्षमा सरकारले नयाँ कार्यक्रम प्रस्ताव नगर्ने

    चालु आर्थिक वर्षमा सरकारले नयाँ कार्यक्रम प्रस्ताव नगर्ने

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 357
    SHARES

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम र योजना प्रस्ताव नगर्ने भएको छ ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आएकाले चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना हुने नयाँ कार्यक्रम नल्याउने बताएका हुन् ।



    अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएका तर कार्यान्वयनमा जान बाँकी रहका आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने पनि अर्थमन्त्री पौडेलले बताएका छन् ।



    पौडेलले भने,‘सार्वजनिक खर्च व्यवस्थापनतर्फ हालसम्म मापदण्ड,कार्यविधि निर्देशीका र संचालन विधि स्कीकृत नभएका कार्यक्रमलाई पूर्ण वा आंसिक रुपमा स्थगित गरिनेछ । अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएर कार्यान्वयनमा जान बाँकी रहेका कार्यक्रम समेत पुनः प्राथमिकिकरण गरी कार्यान्वयनमा लैजान पूर्व सम्बन्धीत मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिनुपर्ने छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार