Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्वाईफ्रेण्डको बिहेमा पूर्वप्रेमिकाहरुले धर्ना र प्रदर्शन गरेपछि...

एजेन्सी । चीनमा ब्वाईफ्रेण्डको बिहेमा पूर्वप्रेमिकाहरुको धर्ना र प्रदर्शन गरेका छन् । एकजना युवकको बिहेमा त्यसबेला तहल्का मच्चियो जब युवतीहरुको एउटा समूह बिहे समारोह चलिरहेको हल बाहिर धर्नामा बसेका हुन्।

ती युवतीहरुले आफूहरु बेहुलाका पूर्व प्रेमिकाहरु रहेको दाबी गर्दै बिहे नै रोकिदिने धम्की दिन थाले । बिहे गरिरहेका युवकले आफ्नो पूर्वप्रेमी रहेको र आफूसँगै बिहे गर्ने बाचा गरेको दाबी धर्नामा बस्ने हरेक युवतीको थियो ।

यो घटना चीनको युनान प्रान्तमा भएको हो । चिनियाँ सोसल मिडियामा यो घटनाको भिडियो भाइरल बनिरहेको छ । भिडियोमा युवतीहरुले बिहे समारोहको हल बाहिर प्रदर्शन गरिरहेको देखिन्छ ।

युवतीहरुको समूहले ब्यानर–पोस्टर समाएर विरोध गर्दै धर्ना कसिरहेका देखिन्छन् । उनीहरुलाई युवकलाई बर्बाद गरिदिने पनि धम्की दिए । जसका कारण बिहेमा धेरै बेरसम्म हंगामा मच्चियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार चेन नामका युवकले गत फेब्रुअरी ६ मा बिहे गरेका थिए ।

उनको बिहेका लागि सबै तयारी भैसकेको थियो । त्यहीँ क्रममा युवतीहरुको एउटा समूह त्यहाँ आइपुग्यो र बिहे हल बाहिर धर्नामा बस्यो । उनीहरुको हात हातमा ब्यानर थिए, जसमा लेखिएको थियो : हामी चेनका पूर्व प्रेमिका हौँ । यो बिहे हुनै सक्दैन ।

यदि युवकले बिहे गरेमा आफुहरुले सबै चिज तहसनहस गरिदिने धम्की पनि उनीहरुले दिइरहेका थिए । युवतीहरुको धर्ना तथा प्रदर्शन देखेर त्यहाँ धेरै मानिसहरु जम्मा भए । त्यसबाट बेहुला र बेहुलीका परिवारजन पनि हैरान भए ।

त्यस विषयमा बोल्दै बेहुला चेनले उक्त घटनाले आफुलाई निकै लज्जित बनाएको बताए । सोही कारण आफ्नी पत्नी टाढिएको र बोलचाल समेत नगरेको उनको भनाई छ । तथापि विगतमा आफ्ना धेरैजना गर्लफ्रेण्डहरु रहेको र धर्ना दिनेहरु सबैजना आफ्ना पूर्व गर्लफ्रेण्ड रहेको उनले स्वीकार गरेका छन् । तर ती सबैसँग आफ्नो ब्रेकअप भैसकेकोे उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077