Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज फागुन २ गते मंगलवार, यस्तो छ तपाईंको राशिफल

    आज फागुन २ गते मंगलवार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 486
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७९ साल फागुन २ गते मंगलवारको राशिफल ।

    मेष



    कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला, तर साँझमा मन प्रसन्न रहनेछ ।



    मिथुन

    छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    सिंह

    आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला, सचेत रहनु होला ।

    तुला

    आजको दिन उत्साहपूर्ण रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    धनु

    आज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ । सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

    कुम्भ

    आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । व्यवसायबाट लाभ मिल्नेछ । तपाईंको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ ।

    बृष

    रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साथीबाट विशेष सहयोग मिल्नेछ । तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन् ।

    कर्कट

    आज नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    कन्या

    महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेमको समस्या हटेर जानेछ ।

    बृश्चिक

    आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

    मकर

    मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन् ।

    मीन

    आज घरमा अतिथिको आगमन हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला । पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार