Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • नेपाल भारत संयन्त्र बैठक बीबीआईएनमै केन्द्रित, सीमा विषयमा छलफलै भएन

    नेपाल भारत संयन्त्र बैठक बीबीआईएनमै केन्द्रित, सीमा विषयमा छलफलै भएन

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 552
    SHARES

    काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवबीच दुई पक्षीय, क्षेत्रीय र बहुपक्षीय सहकार्य विषयमा समीक्षात्मक छलफल भएको छ । दुई देशका परराष्ट्र सचिवबीच बीबीआईएनमा केन्द्रित रहेर छलफल भएको छ ।

    परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच दुईपक्षीय सहकार्यका साथै बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीचको उपक्षेत्रीय सहकार्यमा छलफल भएको हो ।



    ‘बीबीआईएन उपक्षेत्रीय पहल’ भनिने सो मञ्चले सडक, हवाई र जलसम्पर्कका साथै विद्युत् व्यापार र आर्थिक क्षेत्रको सहकार्यमा जोड दिने बताइएको छ । बीबीआईएन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) भित्रको एक उपक्षेत्रीय सहकार्य हो ।



    द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेतृत्वमा सात÷सात जनाको टोली उपस्थित थियो । दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार