Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्ता प्राप्ति र टिकाउनका लागि एमाले कतै लाग्दैन : अध्यक्ष ओली

    सत्ता प्राप्ति र टिकाउनका लागि एमाले कतै लाग्दैन : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 444
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएको दाबी गरेका छन् ।

    अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले भने, ‘सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर त्यसरी एमाले जाँदैन । राष्ट्रियताको साचो रक्षक हो यो ।’



    अध्यक्ष ओलीले मातृभूमिको रक्षा गर्ने एमालेमात्र भएको भन्दै समानता, स्वाधीनता र स्वतन्त्रताको पहुँचको सुनिश्चितबाट जनता वञ्चित भएको बताए ।

    उनले समाजवाद धेरैले भन्ने गरेपनि त्यसको सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर मात्रै समाजवाद र समृद्ध नेपाल सुखी नेपालीको यात्रामा अघि बढ्नुपर्ने बताए ।

    ओलीले एमाले सत्ता प्रात्तिका लागि लत्रिएर नजाने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार