Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केपी ओलीले गरे गठबन्धन भत्किने संकेत, भने – यो स्थिति फेरियो भने…

    केपी ओलीले गरे गठबन्धन भत्किने संकेत, भने – यो स्थिति फेरियो भने…

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 633
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिको सत्तारुढ गठबन्धन फुटाउन सफल भए पनि ढुक्क हुन नसकिएको बताएका छन् ।

    अनेरास्ववियुको २३ औं महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यो स्थिति फेरिन सक्ने संकेत गरेका हुन् ।



    उनले भने,‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउन सफल भएका छौं, यो सफलताको कुरा हो । तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रसन्न भएको देखिन्छ, प्रसन्न हुनुपर्छ तर कथं यो स्थिति फेरियो भने, संसदको बनावट अस्थिरताको कारक हुने बनावट छ।’



    संसदमा बहुमत कसैको नभएको र एमालेसँग बहुमत भन्दा निकै तल सिट रहेको ओलीले बताए । उनले देशमा स्थिरता हुन नदिन अनेक किसिमका प्रयासहरू भइरहेको बताउँदै त्यस्तो डकैति हुन नदिन एमालेले पाले बन्नुपर्ने अवस्था आएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार