Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • संसद भवन अगाडिबाट बिनु यादवसहित ४ जना पक्राउ

    संसद भवन अगाडिबाट बिनु यादवसहित ४ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 462
    SHARES

    काठमाडौं । घरेलु हिंसाबाट पीडित बनेकी बिनु यादव संघीय संसद् भवन अगाडि पक्राउ परेकी छन् ।

    निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।



    उनले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए ।



    यस्तै प्रहरीले जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गरीकी श्रीमती आरती रावल गिरी र कृतिका यादवलाई पनि पक्राउ गरेको छ ।

    प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका महिलाहरुले संसदभवन अगाडि आत्मदाह गर्ने भन्दै पेट्रोल, काँचका सीसा बोकेर आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार